तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी नाका भएर फेरि भित्रियो स्वास्थ्य सामाग्री

चौतारा । नेपाल चीनबीचको उत्तरी व्यापारिक तातोपानी नाका भएर फेरि ठुलो परिमाणमा स्वास्थ्य सामाग्री भित्रिएको छ ।
सिज्याङ तिब्बत सरकारको तर्फबाट नेपाल सरकारलाई अनुदानमा दिएको अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर, भेन्टिलेटर लगायत सामाग्री आइतबार सिन्धुपाल्चोकको तातोपानी नाका भएर नेपाल भित्रिएको हो ।
तातोपानी भन्सार कार्यालयका अनुसार ८ सय थान अक्सिजन सिलिण्डर, १० कन्सन्ट्रेटर, ५ थान भेन्टिलेटर दुई सय थान आइसियु बेड र १५ हजार एन्टिजेन किट्स नेपाल भित्रिएको छ ।
भित्रिएका ती स्वास्थ्य सामाग्रीहरू आज बेलुकीसम्म काठमाण्डौं आइपुग्ने भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।
 त्यसैगरि आइतबार नै व्यापारीहरूले ल्याइएको २१ सय थान अक्सिजन सिलिण्डर पनि नेपाल भित्रिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button