तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख फिर्ता

मकवानपुर । बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम फिर्ता गरेको छ ।
प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले फाउन्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौँ अधिवेशनको बैठक अवरुद्ध गरेको भन्दै रकम फिर्ता लिने निर्णय गरेको पौडेलले बताउनुभयो ।
‘मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकमबारे माओवादी केन्द्रले आपत्ति जनाउँदै प्रदेशसभा अवरुद्ध गर्दा ध्यानाकर्षण भएको छ, ‘यसर्थ फाउन्डेसनलाई दिइएको रकम ५० लाख रकम फिर्ता गरिएको छ ।’ पौडेलले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button