तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको बजेट अधिवेशन : चार वटा प्रतिवेदन पेस

मकवानपुर । बागमती प्रदेश सभाको आठौँ अर्थात् (बजेट) अधिवेशनको दोस्रो बैठक आज बसिरहेको छ ।
बजेट अधिवेशनको दलका नेताहरू मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेल, एमाले नेतृ अष्टलक्ष्मी शाक्य, कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया, नेमकिपा नेता सुरेन्द्र राज गोसाई र राप्रपाकी रीना गुरुङले शुभकामना दिनुभएको छ ।
यसैबिच मुख्यमन्त्री डोरमणि पौडेलले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, प्रदेश लोकसेवा आयोग र प्रदेश मुख्यन्यायाधिवक्ता कार्यालयको २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
प्रदेश सार्वजनिक लेखा समितिको ०७६÷७७ को वार्षिक प्रतिवेदन समितिका सभापति न्यूक्षेनायराण श्रेष्ठले सभामा पेस गर्नुभएको छ ।
सभामुख सानुकुमार श्रेष्ठले सभामुख र उपसभामुख अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न सांसदहरू शान्ति थिङ, हिरानाथ खतिवडा, विजया केसी र शोभा शाक्यलाई स्वीकृति गर्नुभएको छ ।
त्यस्तै प्रदेश समिति सदस्यहरु शालिकराम जम्कट्टेल र युवराज दुलालको हेरफेर भएको छ ।
अब प्रदेश मामिला समितिको सदस्यमा शालिकराम जम्कट्टेल र अर्थ तथा विकास समिति सदस्यमा युवराज दुलाल सदस्य हुनेछन् ।
बिहान ११ः ०० बजेबाट सुरु भएको बैठक अबको केही बेरमा पुनः बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button