तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा ७ दिन निषेधाज्ञा थप, कोरोना परीक्षणको दायरा बढाइने 

जनकपुरधाम । जिल्ला कोभिड–१९ व्यवस्थापन समिति धनुषाले विगत केही दिनदेखि कोरोना संक्रमण दरमा केही सुधार आए पनि जिल्लामा जोखिम यथावत् रहेको भन्दै ७ दिनका लागि चौथो पटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकले कोरोनाका अवस्थाको बारेमा विश्लेषण गर्दै कोरोनाका संक्रमण दरमा सुधार आए पनि संक्रमण फैलिने खतरा यथावत् रहेकाले आज मध्य राति १२ बजे देखि ७ दिनको लागि निषेधाज्ञा अवधि थप गर्ने निर्णय भएको समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
यसै गरी जिल्लामा व्यापक मात्रामा एन्टिजेन परीक्षण किट तथा पिसिआरको लागि चाहिने सामाग्रीहरू आएकाले पालिकाहरूसँग समन्वय एवं सहकार्य गरेर परीक्षणको दायर बढाउने निर्णय गरेको छ ।
यसको समन्वय प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा जिल्ला स्वास्थ्य कार्यालय धनुषाले गर्ने जनाइएको छ ।
समितिको बैठकले नेपाली सेनाद्वारा कोरोना सङ्क्रमित भई मृत्यु भएकाको शव व्यवस्थापन गर्दा शव वाहनको प्रयोग तथा शवको दाहसंस्कार गर्दा वा गाड्दा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट नै व्यहोर्ने निर्णय गरेको छ ।
यस अघि शवको व्यवस्थापनमा शव वाहन तथा दाहसंस्कारमा प्रयोग हुने सामानहरू मृतकका आफन्तले नै व्यहोर्दै आएका थिए ।
यसै गरी बैठकले विभिन्न अस्पतालहरूमा तोडफोड गर्ने, चिकित्सक तथा सवास्थ्यकर्मीहरुमाथि हातपात गर्ने घटना सम्बन्धी समाचार आइरहेकाले धनुषामा अस्पतालको सुरक्षालाई थप प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button