तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसद्वारा बजेटबारे आफ्नो औपचारिक धारणा सार्वजनिक

काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले आर्थिक वर्ष ०७८÷०७९का लागि अध्यादेशमार्फत प्रस्तुत गरेको बजेट आत्मकेन्द्रित र महत्त्वाकाङ्क्षी भएको आरोप लगाएको छ ।
काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसले बजेटबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले मुलुकको धरातल र  जनताको आवश्यकतालाई छोडेर भ्रामक र कार्यान्वयन हुनै नसक्ने आत्मकेन्द्रित योजना बजेटमा राखिएको टिप्पणी गर्नुभयो ।
नेता रिजालले सरकारले चुनाव केन्द्रित बजेट ल्याएको बताउनुहुँदै बजेटमार्फत जनमत प्रभावित गर्ने दुराशय सरकारले राखेको आरोप लगाउनुभयो ।
नेता रिजालले  लोकप्रिय नारा दिएर सरकारले ऋण मात्र थुपार्न खोजेकोले  बजेटले तोकेको आर्थिक वृद्धि हासिल नहुने दाबी गर्नुभयो ।
नेता रिजालले कोरोना कहरमा सम्पूर्ण नेपालीलाई खोप र उपचारका विषयमा सरकार अझै पनि संवेदनशील नरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button