तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप ७१ जना सङ्क्रमित थपिदा, १८८ जना डिस्चार्ज

पाल्पा । पाल्पामा सोमबार थप ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । भने थप १ सय ८८ जना निको भएका छन् ।
संक्रमित हुनेहरूमा २८ जना पुरुष र ४३ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजासँगै पाल्पामा थप ७१ जना कोरोना सङ्क्रमित भएका हुन ।
जिल्लामा हाल १ हजार १ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ८९ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button