तपाईँ सुन्दै हुनुहुन्छः

औषधी कालोबजारी गर्ने मेडिकल स्टोर सञ्चालक पक्राउ

सुनसरी । औषधी कालोबजारी गर्ने मोरङ विराटनगर १५ रानीस्थित जनता मेडिकल स्टोर सञ्चालन गरी सोही स्थान बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधीहरू, मुटु सम्बन्धीका औषधीहरू, पेनकिलर, एन्टिबाईटिक, इन्जेक्सन, बच्चाको कफसम्बन्धी औषधीहरू र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू बरामद गरेको हो ।

उनले औषधीहरू भण्डारण गर्ने र कालोबजारी गरी झुक्क्याई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button