तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा तेस्रो पटक निषेधाज्ञा थप

पाँचथर । कोरोना सङ्क्रमणका बिरामीहरू थप हुँदै गएपछि पाँचथर जिल्लाभर लागु भएको निषेधाज्ञा एक साताको लागि थप गरिएको छ ।
जिल्लामा गत वैशाख २७ गतेदेखि लागु भएको निषेधाज्ञा तेस्रो पटक आज थप गरी आगामी जेठ २४ गते राती १२ बजेसम्म थप कडाइका साथ लागु गरिएको पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका प्रमुख पुण्यप्रसाद ढकालले बताउनुभयो ।
समितिको आज बसेको बैठकले यसअघि भन्दा निषेधाज्ञालाई थप कडा पार्दै औषधी पसल बाहेकका अन्य पसलहरू पूर्ण रुपमा बन्द रहने र दूध तथा तरकारी पसलहरू बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाको लागि मात्र खोल्ने दिने निर्णय गरेको बताइएको छ ।
कोरोना सङ्क्रमणका कारण पाँचथरमा ४ जनाको ज्यान गइसकेको छ भने ७२९ जनामा संक्रमण र २९३ जना निको भएका छन् । पाँचथर जिल्लामा आज मात्रै ६५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button