तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा सोमबार ५५ जनामा कोरोना संक्रमण, १८ जना निको

अछाम । अछाममा शुक्रवार थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जना र एन्टिजेन परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । आज १८ जना कोरोना संक्रमित निको भई घर फर्केको उहाँले बताउनुभयो ।
३५ जनामा एन्टिजेन परिक्षण गरिएकोमा ८ जना तथा कमलबजार पिसीआर प्रयोगशालामा ८२ नमुना परीक्षण गरिएकामा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज सबैभन्दा बढी रामारोशन गाउँपालिकामा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै चौरपाटी गाउँपालिकामा ८ जना तथा कमलबजार नगरपालिकाका ५ जनालाई कोभिड(१९ संक्रमण भएको छ । ढकारी गाउँपालिकामा ३ जना तथा मङ्गलसेन र साँफेबगर नगरपालिकामा १र१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।
यो सँगै अछाम जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३ हजार ८ सय ३१ जना पुगेको छ । ३२ सय ४ जना निको भई घर फर्किसकेको अछाममा २१ जनाको कोभिड-१९ का कारण ज्यान गइसकेको छ । हाल जिल्लामा ६ सय ४६ जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये १६ जना अस्पतालको आइसोलेसन तथा ६ सय २१ जना होम आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button