तपाईँ सुन्दै हुनुहुन्छः

चोरी भएको मोटरसाइकलसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिकाबाट दुई जना मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन् ।
चैत १३ गते राति सुनसरी बराह क्षेत्र नगरपालिका वडा नं.३ हर्दियाका चन्द्रबहादुर कार्कीको घरबाट चोरी भएको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरिएको हो ।
मोटरसाइकल चोरीमा संलग्न व्यक्ति बराह क्षेत्र नगरपालिका वडा नं.३ हर्दियाका सुमन सुन्दास र नवराज परियारलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट चार दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button