तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा पौडेल चयन

काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी  दिनुभयो ।
सङ्घका अध्यक्ष बचनबहादुर सिंह उमेर हदका कारण स्वतः पदमुक्त भएपछि सह अध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो  । युवा सङ्घमा ४० वर्ष उमेर हद तोकिएको छ ।
महासचिव आचार्यले आजको बैठकले अध्यक्ष मात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत् रहेको बताउनुभयो । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताउनुभयो । उहाँले परिस्थिति अनुकुल हुने बित्तिकै महाधिवेशन गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button