तपाईँ सुन्दै हुनुहुन्छः

समन्वयात्मक रुपमा काम गर्न तिमिल्सिनाको जोड

पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमण नियन्त्रणका लागि सबै तहले समन्वय गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।
पर्वतमा कोरोना संक्रमण नियन्त्रणमा भइरहेका प्रयासका बारेमा जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै तिमिल्सिनाले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै तहले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
उहाँले महामारी जुनसुकै बेला पनि आउन सक्ने भएकाले दीर्घकालीन योजनाहरू बनाएर अघि बढ्न आग्रह गर्नुभयो । विकास निर्माणका कामलाई निरन्तरता दिन समेत आग्रह गर्दै तिमिल्सिनाले कोभिडका कारणले काम हुन नसकेर बजेट फ्रिज हुन नदिने वातावरण बनाउन निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्लामा कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनका बारेमा अवगत गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button