तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल इजरायल सम्बन्धको ६१ औँ वर्ष : सम्बन्धलाई अझ सुदृढ पारी  मिलेर काम गरिने 

काठमाडौं । नेपाल र इजरायल बीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज  ६१ बर्ष पुरा भएको छ।

नेपालका तत्कालीन प्रधानमन्त्री बिपी कोइराला र इजरायलका तत्कालीन प्रधानमन्त्री डेभिड बेन गुरियनको पहलमा  सन् १९६० को  जून १ मा पहिलो पटक दुई देश बीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो ।

कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा नेपालका लागि इजरायली राजदूत खनान गोदेरले एक विज्ञप्ति  जारी गर्नु हुँदै सम्बन्ध स्थापना भएदेखि दुवै देश बीच गहिरो मित्रता रहिरेको उल्लेख गर्नुहुँदै यसबीचमा भएका उच्चस्तरीय भ्रमणले धेरैलाई आपसी फाइदा पुर्‍याउन सहयोग गरेको बताउनु भयो ।

विज्ञप्तिमा राजदूत गोदेरले नेपाल दक्षिण एसियामा इजरायललाई मान्यता दिने पहिलो राष्ट्र भएको स्मरण गर्नुहुँदै इजरायल यसका लागि सदैव नेपाल प्रति आभारी  रहने बताउनु भएको छ ।

हरेक वर्ष धेरै नेपालीहरूले  शिक्षा र रोजगारीका लागि इजरायललाई आफ्नो गन्तव्य बनाउने गरेकाे बताउनु हुँदै राजदूत गोदेरले माशाब छात्रवृत्ति, शलोम क्लब, र “अर्ना एन्ड लर्न” जस्ता कार्यक्रमहरूले नेपाल र इजरायलको द्विपक्षीय सहकार्य थप बलियो बनाएको  बताउनु भयो ।

नेपाल र इजरायलले सरकारी स्तरमा  मात्र नभई जनस्तरमा रहेको बलियो सम्बन्धलाई अझ सुदृढ पार्न दुई देशले मिलेर काम गरिरहेका राजदूत गोदेरले उल्लेख गर्नु भयो

इजरायले नेपालसँग रहेको दुई पक्षीय सुमधुर सम्बन्ध  अन्तर्राष्ट्रिय सभा सम्मेलन र मञ्चहरूमा पनि झल्केको देख्न चाहेको राजदूत गोदेरले बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button