तपाईँ सुन्दै हुनुहुन्छः

चीनले पठाएको भेरोसेल खोप आज नेपाल आइपुग्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आग्रहमा चीन सरकारले दिएको १० लाखमध्ये ८ लाख डोज भेरोसेल खोप आज नेपाल आईपुग्दैछ । आज दिउँसो २ बजे खोप लिएर आएको वाइडबडी जहाज काठमाडौं अवतरण गर्नेछ । चीन सरकारले अनुदानमा दिन लागेको भेरोसेल खोप लिन गएराति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ उडेको थियो । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि जिङपिङको टेलिफोन वर्तापछि चीनले थप १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको थियो ।

चीन सरकारले घोषणा गरेको उक्त खोप नेपाल वायुसेवा निगमको विमानले ८ लाख र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका छ ।

भेरोसेल खोप एक पटक पनि नलगाएका नागरिकलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button