तपाईँ सुन्दै हुनुहुन्छः

चीनबाट ८ लाख डोज खोप आइपुग्यो

फाइल तस्बिर
काठमाडौँ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज भेरोसेल खोप मध्ये ८ लाख मात्रा खोप आज काठमाडौँ आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बेइजिङबाट ८ लाख खोप नेपाल ल्याएको हो ।
त्यस्तै आजै चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप एक लाख डोज खोप काठमाडौँ ल्याउँदै छ । त्यस्तै भोलि बुधवार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले थप १ लाख डोज खोप ल्याउने बताइएको छ ।
यसै साता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ समकक्षी सी जिङपिङले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button