तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटनाबाट २ जनाको मृत्यु  

file photo
सुनसरी । सुनसरीको बराह क्षेत्र र इलाममा आज बिहान भएको सडक दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।
सुनसरी बराह क्षेत्र नगरपालिका–१० मा दक्षिण तर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङको साकेला गाउँपालिका–१ डाँडागाँउ का २२ वर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडि डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर र चालक बराह क्षेत्र नगरपालिका–१० का ४५ वर्षीय भीम बहादुर कार्की इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा रहेका छन् ।
त्यस्तै इलाम नगरपालिका–११ आले चोकस्थित भित्री सडक खण्डमा बिर्तामोडबाट जितपुर तर्फ जाँदै गरेको ना २ ख ९२०५ नम्बरको ट्रकले सोही स्थान बस्ने पैदल यात्री ८२ वर्षीय पदम बहादुर तामाङलाई ठक्कर दिँदा घटना स्थलमा नै मृत्यु भएको छ ।
ट्रक र चालक पाँचथर हिलिहाङ–७ का २३ वर्षीय चन्द्र बहादुर तामाङ प्रहरी चौकी चिसापानी इलामको नियन्त्रणमा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button