तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु

अछाम । अछाम जिल्लामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर २ का ८० वर्षीय वृद्धको मृत्यु भएको हो ।
कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसिरहेका वृद्धको सोमबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।
जेठ १० गते स्वाब नमुना सङ्कलन गरी १२ गते संक्रमण पुष्टि भएका ८० वर्षीय वृद्ध होम आइसोलेसनमा बस्दै आउनु भएको थियो ।
यो सँगै अछाममा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या २२ जना पुगेको छ ।
अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १७ जना गरी हालसम्म २२ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
अछाम जिल्लामा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३ हजार ८ सय ३१ जना पुगेको छ । ३२ सय ४ जना निको भई घर फर्किसकेका छन् । हाल जिल्लामा ६ सय ४६ जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये १६ जना अस्पतालको आइसोलेसन तथा ६ सय २१ जना होम आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button