तपाईँ सुन्दै हुनुहुन्छः

१५ बेडको कोभिड आइसोलेसन सेन्टरको शुभारम्भ 

भैरहवा । हिन्दु स्वयंसेवक सङ्घको भवनमा १५ बेडको कोभिड आइसोलेसन सेन्टरको शुभारम्भ भएको छ ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले आइसोलेसन सेन्टरको शुभारम्भ गर्नुभएको हो । मन्त्री पाण्डेयले विषम परिस्थितिमा यस्तो काम अत्यन्तै राम्रो काम भएको बताउनुभयो । अत्यन्तै सराहनीय काम भएको छ, सरकारी अस्पतालको महत्त्व बढ्दै गएको छ मन्त्रीले भन्नुभयो, हिन्दु स्वयंसेवक सङ्घले आइसोलेसन सेन्टर बनाएर अत्यन्तै राम्रो कामको सुरुवात गरेको छ ।

मान्छेले १०र२० तल्लाको घर छ आइसोलेसनका लागि दिन चाहंदैनन । यो अत्यन्तै राम्रो कामको सुरुवात गर्नु भएको छ । प्रदेश सरकारको तर्फ बाट गर्ने सहयोग मैले गर्ने छु । यसको सिको गरेर अन्य संस्थाले यस्ता सामाजिक कार्य गर्ने छन्, मन्त्री पाण्डेयले बताउनुभयो ।

भीम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण भण्डारीले १५ बेडको आइसोलेसनको सुरुवात सामाजिक संस्थाले गर्नु अत्यन्तै राम्रो कार्य भएको बताउनुभयो ।

समाजसेवी अजय कुमार गुप्ताले अस्पतालले गर्ने काम हिन्दु स्वयंसेवक सङ्घले गर्नु समाजका लागि राम्रो काम भएको बताउनुभयो । हिन्दु स्वयंसेवक सङ्घले निर्माण गरेको १५ बेडको आइसोलेसन सेन्टर हस्तान्तरण कार्यक्रममा आइसोलेसन निर्माण समितिका संयोजक उमाशङ्कर पाठकले समाजको लागि र देशका लागि केही गर्नु पर्छ भनेर सङ्घले सामाजिक कार्यको सुरुवात गरेको बताउनुभयो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button