तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी विद्युत् उद्योगद्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर हस्तान्तरण 

भैरहवा । कोरोना भाइरस (कोभिड–१९) को महामारीका विरुद्ध जारी लडाइँमा विभिन्न क्षेत्रबाट सहकार्य भइरहेको छ । यसै क्रममा लुम्बिनी विद्युत् उद्योग प्रा.लि.ले उपचारार्थ सहयोगका लागि अक्सिजन सिलिन्डर प्रदान गरेको छ ।   लुम्बिनी प्रादेशिक अस्पतालमा मङ्गलवार बिहान एक संक्षिप्त समारोहबिच ३० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । उक्त अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र खनाललाई लुम्बिनी विद्युत् उद्योग प्रालिका तर्फबाट प्रबन्ध निर्देशक रोहित गुप्तासहितको टोलीले हस्तान्तरण गरिएको हो ।
महामारीका विरुद्ध उद्योगका तर्फबाट भएको मानवीय सेवाप्रति उपमहानगरपालिका तथा अस्पतालले धन्यवाद ज्ञापन गरेका छन् । उपमहानगर प्रमुख शिवराज सुवेदीले सबैको सहकार्य र समन्वयमा नै महामारीविरुद्धको लडाई जित्न सकिने भन्दै सबै क्षेत्रबाट सकारात्मक सोच सहितको सहकार्यको खाँचो रहेको बताउनुभयो ।
अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु डा. राजेन्द्र खनालले अस्पतालसँग गरिएको सहकार्यले स्वास्थ्यकर्मीमा समेत हौसला बढ्ने र उपचाररत बिरामीमा मनोबल बढाउन पनि काम गर्ने भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button