तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रक्सी भट्टीमा प्रहरीको छापा

बारा । इलाका प्रहरी कार्यालय प्रसौनी, बाराले केही समयदेखि अवैध रुपमा सञ्चालनमा रहेको अवैध रक्सी भट्टीमा प्रहरीले छापा मारी नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखमा प्रहरी निरीक्षक बिन्देश्वर यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले फेटा गाउँपालिकामा सञ्चालित विभिन्न भट्टीहरूमा छापा मारेको हो ।

फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीमा स्थानीय कृष्ण यादव र प्रसौनी गाउँपालिकाको वडा नम्बर १ ठुलो नौतनमा स्थानीय जितेन्द्र पटेलले सञ्चालन गरेको रक्सी भट्टीमा छापा मारी गरी अवैध मदिरा तथा मदिरा निर्माण गर्ने सामानहरू कब्जामा लिएको हो ।

छापा मारीको क्रममा प्रहरीले भट्टीमा रक्सी बनाउनका लागी तयारी अवस्थामा राखिएको कच्चा पदार्थ तीन हजार लिटर र ३ सय ५० लिटर तयारी रक्सी बरामद गरेको प्रहरी निरीक्षक बिन्देश्वर यादवले बताउँनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button