तपाईँ सुन्दै हुनुहुन्छः

६ हजार ८ सय ९८ जना सङ्क्रमणमुक्त

Ministry of Health
काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ६ हजार ८५ जना संक्रमित भएका छन् ।
१७ हजार १ सय ४७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार २ सय ८५ जना तथा ३ हजार १८ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय  जना गरी जम्मा ६ हजार ८५ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ ।
देशभरबाट गएको २४ घण्टामा ६ हजार ८ सय ९८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८० दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभरि आज कोरोना सङ्क्रमणबाट ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ४ सय ५४  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा १ लाख ४ हजार ७ सय ८९ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button