तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा १ सय ४८ सहित २ सय १ जनामा कोरोना पुष्टि

धनगढी । कैलालीमा आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १ सय ४८ जना र अन्य जिल्लाका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो । कोरोना अस्पतालमा हाल ४४ जनाको उपचार भइरहेको र पछिल्लो २४ घण्टामा ८ जना संक्रमित डिस्चार्ज भएको उहाँले बताउनुभयो ।
यसै गरी सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको निधन भएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button