तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा आज ८२ जना कोरोना सङ्क्रमणमुक्त

पर्वत । पर्वतमा आज एकै दिन ८२ जना कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमणमुक्त हुनेमा ४६ जना पुरुष र ३६ जना महिला रहनुभएको छ ।
सङ्क्रमणमुक्त हुने प्रायजसो होम आईसोलेसनमा रहेका व्यक्ति रहेका स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो ।
पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुनेको दर बढेको गौतमले बताउनुभयो । अहिलेसम्म दोस्रो लहरको कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ सय ५ पुगेको छ । जिल्लाभर सक्रिय संक्रमित १ हजार २ सय ३२ जना रहनुभएको छ ।
पर्वतमा अहिले सम्म १ हजार ७ सय ७ जनाको पीसीआर र २ हजार ४ सय ५ जनाको एण्टिजेन विधिबाट कोरोना संक्रमण परिक्षण गरिएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने ४३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button