तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै

राजविराज । सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ । पछिल्लो एक साता यता संक्रमित हुने दर झन्डै ५५ प्रतिशत कम भएको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालले जनाएको छ ।
कोरोनाको दोस्रो लहर चलेपछि सुरुमा ६०–६५ प्रतिशत संक्रमित हुने गरेकामा अहिले २८ देखि ३४ प्रतिशतमा झरेको अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाले जानकारी दिनुभयो ।
पछिल्लो सातामा दैनिक औसतमा ७४ जनाको कोरोना परीक्षण गर्दा २५ जनामा मात्र कोरोना पोजेटिभ पाइने गरेको उहाँले बताउनुभयो ।
जेठ १३ गते १०१ जनाको परीक्षणमा ३६ जनाको रिपोर्ट पोजेटिभ पाइएको थियो भने आज मङ्गलवार ६६ जनाको कोरोना परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पताले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button