तपाईँ सुन्दै हुनुहुन्छः

आज धौलीगंगाको बाँध खोल्दै भारत , महाकाली किनारका नेपालीलाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ । भारतले आज (बिहीबार) धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ ।

भारतले नेपाली प्रशासनलाई ड्याम साइटमा ‘सिल्ट फ्लसिङ्ग’ गर्नका लागि बाँधको ढोका खोलिन लागेको जानकारी गराएको छ ।

धौलीगंगा जलविद्युत पावर स्टेसनले बिहीबार बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म बाँधको ढोका खोल्न लागेको भन्दै महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

https://twitter.com/DHM_FloodEWS

यता ‘नेपाल बाढी सूचना’ले बुधकार साँझ एक सूचना प्रकाशित गरी महाकालीको जलाधार बढ्ने भन्दै सर्तकर्ता अपनाउन आग्रह गरेको छ । सूचनामा भनिएको छ,‘महाकाली जलाधारका केही स्थानमा आज राति भारी वर्षा भई नदीमा बहाव बढ्ने पूर्वानुमान रहेको र स्लाइट फ्लसिङ गर्दा एक्कासी बहाव बढ्न सक्ने, तटीय क्षेत्रमा भोलि बिहान ५ बजेदेखि सतर्कता अपनाऔँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button