तपाईँ सुन्दै हुनुहुन्छः

शालिग्रामी–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई जना पुरस्कृत

मोरङ । शालिग्रामी –मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकारहरूलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुने पत्रकारहरूमा वरिष्ठ पत्रकार यज्ञ शर्मा र लीलाराज भट्टराई हुनुहुन्छ । उहाँहरू दुवैलाई नगद रु २१ हजारसहित सम्मान पत्रद्वारा सम्मानित गरिएको हो ।

उहाँहरूलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुरस्कार वितरण गर्नुभएको थियो । त्यस अवसरमा पोखरेलले पत्रकार समाजको ऐना भएकाले सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, चौतारी प्रदेश अध्यक्ष अविजाल विष्ट, पुरस्कार छनौट समितिका सदस्य रामचन्द्र अधिकारीले सञ्चार माध्यमलाई प्रवर्द्धन कार्य र स्वतन्त्र अभिव्यक्तिमा पार्टीको ठूलो योगदान रहेको धारणा राख्नुभयो ।

विसं २०७६ मा स्थापना भएको उक्त पुरस्कार कोरोना महामारीका वितरण हुन नसकेकोमा विसं २०७७ को शर्मा र २०७८ को भट्टराईलाई प्रदान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button