तपाईँ सुन्दै हुनुहुन्छः

विकास बिनाको राजनीति जनताका लागि धोका हो :  मन्त्री कार्की

सुनसरी ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास बिनाको राजनीति जनताका लागि धोका हुने बताउनुभएको छ   । 

वराहक्षेत्र नगरपालिका– ७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा आज आयोजित प्राध्यापक सङ्घको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले जनताको सेवा र देशको समृद्धका लागि आफु राजनीतिमा आएको बताउनुभयो  । 

उहाँले वराहक्षेत्र नगरपालिकाको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, बिद्युत् लगायतका क्षेत्रमा योजना बनाएर जनतालाई सेवा दिन आफु लागि परेको बताउनुभयो । विकास बिनाको राजनीति खोक्रो भाषण मात्र हुने भएको भन्नुहुँदै उहाँले आफु विकास र जनताको सेवामा समर्पित हुने बताउनुभयो ।

उहाँले भण्टाबारीदेखि धरानसम्मको पुरानो रेल्वे मार्गलाई सडक यातायातको रुपमा स्तरोन्नति, सप्तकोसी बहुमुखी क्याम्पसमा कृषि विज्ञान, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थाका लागि काम गर्ने बताउनुभयो । 

मन्त्री कार्कीले वराहक्षेत्र नगरपालिकाभित्र थप सडकको योजना, खानेपानी, स्मार्ट सिटीको कार्यहरू अगाडि बढाएको बताउनुभयो ।

सप्तकोसी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्रबहादुर निरौलाले मन्त्री कार्की विकास प्रेमी नेता भएको भन्नुहुँदै उहाँकै प्रयासबाट क्याम्पस भवन निर्माण भएको बताउनुभयो 

भवन निर्माण भएको जमिनलाई क्याम्पसको नाममा ल्याएर क्याम्पसको स्थायित्व दिन समेत मन्त्री कार्कीसमक्ष उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रम जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताले वराहक्षेत्र नगरपालिकाको मौलिकता झल्कने  किसिमका योजनालाई प्राथमिकता राखेर काम गर्न नगरप्रमुखलाई आग्रह गर्नुभयो । 

वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले अब्बल वराहक्षेत्र बनाउने अभियानमा नगरपालिका लागि परेको बताउनुभयो ।

उहाँले वराहक्षेत्र नगरपालिकाको समृद्धि र विकासका लागि प्रदेश र सङ्घीय सरकारसँग योजना मागका लागि आफु लागि परेको पनि बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस सुनसरी सभापति एवम् इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी , कोसी गाउँपालिकाका प्रमुख अयुब अन्सारी, प्राध्यापक संघका सभापति केशव पुरी लगायतले विकासका योजनाका बारेमा चर्चा गरेका गर्नुभएको थियो ।

कार्यक्रम सप्तकोसी क्याम्पसको प्राध्यापक सङ्घको इकाई समितिमा निर्वाचित सभापति केशव पुरी,  उपसभापतिमा उमेश खडका, सचिवमा शरणकुमार लिम्बू , सह–सचिवमा टेकबहादुर विष्ट 

(भरत) , कोषाध्यक्ष दिपक श्रेष्ठ त्यस्तै सदस्यहरु राजन इसारा राई , धनकुमार जबेगु , पुष्प रिजाल र देवराज काफ्लेलाई मन्त्री कार्कीले प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस्तै, मन्त्री कार्कीले भारतीय दूतावासबाट क्याम्पसलाई उपलब्ध भएको बसको उद्घाटन गर्नुहुँदै बसमा चढेर चक्रघट्टी बजार परिक्रमा समेत गर्नुभएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button