तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा ग्रुप कार्डियो वर्कशप व्यायाम सम्पन्न

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा ग्रुप कार्डियो वर्कशप व्यायाम कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिका कार्यालयको सहकार्यमा वीरगञ्ज साइक्लिङ क्लबद्वारा आयोजित कार्यक्रममा मुटुलाई स्वस्थ राख्ने विभिन्न किसिमका व्यायामहरू गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शारीरिक तन्दुरुस्तीका लागि व्यायाम निकै आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले एक दिनका लागि मात्रै व्यायाम गरेर स्वस्थ नहुने हुनाले निरन्तरता दिन आग्रह गर्नुभयो ।

यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले कार्डियो वर्कआउट र जुम्बा खासगरी काठमाडौँका जिमहरूमा मात्रै हुने गरेको भए पनि पछिल्लो समय उपत्यका बाहिरका सहरहरूमा पनि यस्ता खालका व्यायाम हुन थालेको बताउनुभयो ।

ग्रुप कार्डियो वर्कशपमा प्रदेश १ स्थित इटहरी जिल्लाका द व्यायामशालाका ममता प्रसाईँ र अनुप सुबेदी प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक, नेपाल आर्मीहरू, भारतीय महावाणिज्य दूतावासका नितीस कुमार लगायत पर्सा र बाराका महिला पुरुष गरी ८ सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button