तपाईँ सुन्दै हुनुहुन्छः

थप १ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि 

काठमाडौँ । देशभर आज थप १ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

आरटी पीसीआर र एन्टीजेन गरी देशभर दुई हजार ६१५ नमुनाको परीक्षण गर्दा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

त्यसैगरी, आज थप ३१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।  योसँगै कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ६५६ रहेको छ भने कोरोना निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, देशभर आज ६ सय ५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने कोरोना सङ्क्रमणका कारण आज कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी, आज ४३ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button